विनोद राईले जिते पाँचौं संस्करणको ‘द भ्वाइस अफ नेपाल’को उपाधि

काठमाडौं, २८ जेठ । ‘द भ्वाइस अफ नेपाल’को पाँचौं संस्करणको उपाधि विनोद राईले जितेका छन्।

शुक्रबार ललितपुरमा भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले नगद २० लाख रूपैयाँ हात पारेका छन्।

मिलन नेवारको टिमबाट प्रतिस्पर्धा गरेका विनोदलाई पूर्वका विभिन्न ठाउँमा कार्यक्रम गरेरै भोट मागिएको थियो।

दर्शकले दिएको मतका आधारमा विनोदले सर्वाधिक मत ल्याएका कारण विजेता घोषित गरिएको आयोजकले जनाएको छ।

त्यस्तै कार्यक्रममा राजेश पायल राईको टिमबाट प्रतिस्पर्धा गरेका मकरबहादुर योञ्जन फर्स्ट रनरअप र उदय सोताङको टिमबाट प्रतिस्पर्धी बनेका कुमार प्रयास सेकेन्ड रनरअप घोषित भए। प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *