सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीले पनि निकाल्यो बाँदर नियन्त्रण गर्न भन्दै रूख काट्ने सूचना

सिन्धुपाल्चाेक, २४ माघ । बाँदर नियन्त्रण गर्न भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

वडा नम्बर ३का वडाध्यक्ष शिव कार्कीले बाँदरले बालीनाली खाएको भन्दै फागुन महिनाभरि आफ्नाे निजी जग्गाका रूख काट्नका लागि सूचना निकालेका हुन् ।

वडाध्यक्ष कार्कीले गाउँमा बाँदरको आतंक बढेकाे भन्दै मानिसहरूले बस्ती नै छाडेर हिँड्न थालेकाले मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न सूचना निकालेकाे बताए।

गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो । तर रूख काटेर बाँदरको समस्या समाधान नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *