नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
काठमाडाैं, २५ माघ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।
आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्। यस्तै भीम सार्की १७ रन र कुशल मल्लले पनि २० बनाए।
आरिफले ५० बलमा ४ चौका प्रहार गरे। सोमपाल कामीले जोडेको २७ रन नेपालका लागि महत्वपूर्ण सावित भयो।
बलिङमा क्याडनाका उदय भगवानले ३ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दा ४० रन खर्चिए। इश्वर सोधी र साद विन जाफरले २-२ विकेट लिन सफल भए।