दशौँ राष्ट्रिय खेलकुद : आर्मी र कोशी सेमिफाइनलमा

कर्णाली, १३ मङ्सिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

वीरेन्द्रनगरस्थित नेपाली सेनाको राजदल गणको खेलमैदानमा भएको खेलमा आर्मीका निराजन धामीले ५१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६८औँ मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसअघि एपीएफ क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । अब सेमिफाइनलमा आर्मीले एपीएफ र कोशीले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल र फाइनल खेल जुम्लामा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *