नेपाली मूर्तिकला क्षेत्रका अब्बल मूर्तिकार बिष्णु प्रसाद श्रेष्ठ सम्मानित

काठमाडौं १९ चैत । नेपाली मूर्तिकला क्षेत्रका अब्बल मूर्तिकार बिष्णु प्रसाद श्रेष्ठ सम्मानित हुनुभएकाे छ ।
इलाम साहित्य महोत्सव २०८० को अवसर पारेर इलाम नगरपालिकाले मूर्तिकार बिष्णु प्रसाद श्रेष्ठलाई सम्मान गरेको हाे ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनका लागि साहित्य” भन्ने नाराका साथ थालिएको इलाम नगरपालिका, नगर साहित्य कला संगीत प्रतिष्ठान इलाम र इलाम साहित्य समाजको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा इलाम साहित्य महोत्सव आयाेजना गरिएकाे थियाे ।
मूर्तिकार श्रेष्ठलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र इलाम नगरपालिकाका मेयर केदार थापाले नेपाली मूर्तिकला क्षेत्रको विकासका लागि पु-याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै इलाम साहित्य महोत्सवको अवसर पारेर नगध रूपैयाँसहित सम्मान गर्नुभएकाे हाे ।
सम्मानित मुर्तीकार विष्णुप्रसाद श्रेष्ठ इलामकाे माटाेमा जन्मनुभएकाे हाे । उहाँ इलाम नगरपालिका वार्ड नं. २ मा वि.सं. २०३९ आश्विन १७ गते माईप्रसाद श्रेष्ठ र श्रीमती कृष्माकुमारी श्रेष्ठको काेखबाट जन्मनुभएकाे थियाे ।