५ स्टकको शेयरमा सकारात्मक सर्किटसंगै बल्ल बढ्यो नेप्से

काठमाडाैं, २५ चैत । ५ स्टकको शेयरमा सकारात्मक सर्किटसंगै बल्ल नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २२.७५ अंक बढेर २०२६.८१ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.९७ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६४ हजार २२१ पटकको कारोबारमा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९५ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।

यस दिन गोर्खाज फाइनान्सको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.९५ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *