भोलि इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्रकाे सार्वजनिक बिदा
काठमाडौँ, २८ चैत । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।
मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ ।