डा. आयुष्नोभा मिस इन्टरकन्टिनेन्टल नेपाल घोषित

काठमाडौं २० वैशाख । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् ।

बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा उनले शो उपाधि चुमेकी हुन् । डा. ढुंगानाले सवटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छन् ।

डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगानाले बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।

प्रतियोगितामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । जसमा सजिना खनालले ‘मिस सुप्रा नेसनल २०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पारे । प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री भए ।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए ।