ब्राजिलमा भीषण बाढी : हजारौँ मानिस विस्थापित, घोडाकाे उद्धारमा हेलिकप्टर

काठमाडाैं, २८ वैशाख । ब्राजिलको रिओ ग्रान्डी डु सुल प्रान्तमा आएको बाढी र पहिरोले ठूलाे क्षति पुर्याएकाे छ ।

बाढी र पहिरोले प्रभावित स्थानका हजारौँ मानिस विस्थापित भएका छन् भने धनजनको ठूलो क्षति भएको छ।

बाढीले ब्राजिलको कानोअस सहरमा एउटा घरको छानामा घोडा पनि अलपत्र परेका छन् । त्याे तस्बिर अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।

बाढीले अलपत्र परेकाे घोडालाई उद्धार गर्न कानोअसका नगरप्रमुखले हेलिकप्टर पठाइएको बताएका छन्। भने ब्राजिल सरकारले बाढीबाट प्रभावितहरूकाे उद्धारकार्य जारी राखेकाे छ।

ब्राजिल सरकारले राज्यलाई उद्धारकार्य र पुनर्निर्माणका लागि १० अर्ब डलर सहयाेग उपलब्ध गराउने पनि बताएको छ।

बाढीले हालसम्म कम्तीमा १०७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने १३० जना सम्पर्कविहीन छन्। दुई सातादेखि उक्त राज्यको राजधानी पोर्टो अलेग्रे डुबानमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *