इसिएलएफ नेपालद्वारा सरस्वती आधारभूत विधालयमा शैक्षिक सामग्री सहयाेग

सिन्धुपाल्चाेक, ८ जेठ । शैक्षिक क्षेत्रका एक सहयाेगी संस्था इसिएलएफ नेपालले सिन्धुपाल्चाेककाे मेलम्चीका एक विद्यालयमा शैक्षिक सामग्री सहयाेग हस्तान्तरण गरेका छन् ।

शैक्षिक गुणस्तर अभिवृध्दीमा निरन्तर लागिरहेकाे संस्था इसिएलएफ नेपालले सिन्धुपाल्चाेककाे मेलम्ची न. पा.-१२ बाँसबारी रहेकाे श्री सरस्वती आधारभूत विधालयमा एक कार्यक्रम गरि विभिन्न किसिमका शैक्षिक सामग्री सहयाेग हस्तान्तरण गरेकाे हाे ।

लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका अध्यक्ष राजेश हिमालयकाे संयाेजनमा इसिएलएफ नेपालका अध्यक्ष बन्दना एल श्रेष्ठ तथा इसिएलएफ नेपालका निर्देशक राजाराम महाजुले बालबालिकाहरूका लागि आवश्यक शैक्षिक सामाग्री (झोला, कापी, कलम)लगाएतका सामाग्री सहयाेग हस्तान्तरण गरेकाे क्लबका अध्यक्ष हिमालयले बताउनुभयाे ।

कार्यक्रममा सरस्वती आधारभूत विधालयका प्रधानाध्यापक शुसिला पाैडयाल ढकाल, मेलम्ची न. पा. वडा नं-१२का वडा अध्यक्ष गणेशबहादुर तामाङ ग्वाली पुचः ललितपुरका अध्यक्ष समाजसेवी सनक राज श्रेष्ठ, चितवनका समाजसेवी सुनिल श्रेष्ठ, समाजसेवी श्रीराम महाजु, स्थानीयलगाएतकाे उपस्थिती रहेकाे थियाे ।