हिरादेवी आधारभूत विधालयमा इसिएलएफ नेपालद्वारा शैक्षिक सामग्री हस्तान्तरण

सिन्धुपाल्चाेक, ८ जेठ । शैक्षिक क्षेत्रका काम गर्दै आइरहेकाे सहयाेगी संस्था इसिएलएफ नेपालले सिन्धुपाल्चाेककाे मेलम्चीमा रहेकाे एक आधारभूत विधालयमा शैक्षिक सामग्री सहयाेग हस्तान्तरण गरेका छन् ।

शैक्षिक गुणस्तर अभिवृध्दीमा निरन्तर लागिरहेकाे संस्था इसिएलएफ नेपालले सिन्धुपाल्चाेककाे मेलम्ची न. पा. – १० शिखरपुरमा रहेकाे श्री हिरादेवी आधारभूत विधालयमा एक कार्यक्रम गरि विभिन्न किसिमका शैक्षिक सामग्री सहयाेग हस्तान्तरण गरेकाे हाे ।

लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका अध्यक्ष राजेश हिमालयकाे संयाेजनमा इसिएलएफ नेपालका अध्यक्ष बन्दना एल श्रेष्ठ तथा इसिएलएफ नेपालका निर्देशक राजाराम महाजुले बालबालिकाहरूका लागि आवश्यक शैक्षिक सामाग्री (झोला, कापी, कलम)लगाएतका सामाग्री सहयाेग हस्तान्तरण गरेकाे क्लबका अध्यक्ष हिमालयले बताउनुभयाे ।

कार्यक्रममा हिरादेवी आधारभूत विधालयका प्रधानाध्यापक ऋषिराम रिजाल , मेलम्ची न. पा. वडा नं-१० का वडा अध्यक्ष अमृत खनाल, ग्वाली पुचः ललितपुरका अध्यक्ष समाजसेवी सनक राज श्रेष्ठ, चितवनका समाजसेवी सुनिल श्रेष्ठ, समाजसेवी श्रीराम महाजु, स्थानीयलगाएतकाे उपस्थिती रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *