गृहमन्त्री लामिछानेकाे निलम्बन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं, १४ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उक्त रिटमाथि बुधबारका लागि पेशी तोकिएको हाे ।
सहकारीमा बचत गरिएको रकम हिनामिनामा संलग्न भएको आरोप लागेका मन्त्री लामिछानेलाई महान्यायाधीवक्ताको कार्यालयले ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले त्यसलाई खारेज गर्ने लगायतका मागसहित रिट दर्ता गर्न खोजेका थिए । तर सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।
तर सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।