काठमाडौंमा आजै पेट्रोल पम्प खुल्ने, ट्यांकर चालकसँग भयो सरकारकाे सहमति

काठमाडौं, ३ जेठ । आन्दाेलनरत् नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ ।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएकाे सरकार र ट्यांकर चालक संघकाे छलफल सकारात्मकरूपमा टुंगिएको हाे । छलफल टुंगिएपछि चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका छन् ।

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमत भएको बताउनुभयाे ।

उहाँका अनुसार बजारमा पेट्रोलियम पदार्थकाे आपूर्ती १ घन्टाभित्र हुने जनाउनुभयाे । ट्यांकर चालक संघकाे ७ वटा मागमा केही माग निगमले पूरा गर्नेछ । भने केही माग पूरा गर्न एउटा कमिटी बनेको छ ।

आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।