अजीत गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो
काठमाडाैं, ५ असार । संसद् भवनभित्र गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएकाे छ ।
२२ वर्षीय अजीत गोलेले बुधबार बिहान संसद् भवनकाे शौचालयमा गएर आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । गोले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत फेला परेकाे हाे ।
मृतकका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।