शुक्रबार सुन तोलामा ३ हजार ३०० र चाँदी १२० रुपैयाँले बढ्यो
काठमाडौँ, ११ मङ्सिर । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
