जसपाका मन्त्रीहरूले दिएकाे राजीनामा ४ दिनपछि स्वीकृत
काठमाडौं, २४ असार । अशोक राई नेतृत्वको जसपाका ३ मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ ।
गत असार २१ गते साँझ राजीनामा दिएका जसपाका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानकाे राजीनामा आज स्वीकृत भएकाे हाे ।
रिक्त रहेका ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्नुभएकाे छ ।
यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहनुभएकाे छ ।