नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्तका लागि आइतबार ५ बजेसम्मको समय दिनुभएकाे हाे । शुक्रबार नभ्याइएकाेले आइतबारका लागि सारिएकाे हाे ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् ।

शीतल निवास स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुने जनाइएकाे छ ।

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लाग्नुभएका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् ।