लुम्बिनीका मुख्यमन्त्रीमा एमालेका उपनेता चेतनारायणको दाबी पेश
काठमाडाैं, ७ साउन । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्यले प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे छ ।
५६ सांसदहरूको हस्ताक्षरसहित उहाँले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे हाे ।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूकाे हस्ताक्षरसहितकाे पत्र बुझाएका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।