सुनको मूल्यमा फेरी नयाँ रेकर्ड कायम

काठमाडौं, १८ साउन । सुनको मूल्यमा फेरी नयाँ रेकर्ड कायम भएकाे छ । नयाँ रेकर्डसंगै सुनकाे मूल्य करिब तोलामै डेढ लाख पुगेको हाे ।

यसअघि साउन २ गते सुनकाे मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेर उच्च रेकर्ड कायम गरेकाे थियाे ।

सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।