सामान्य अंककाे करेक्सनपछि ३४ अंकले बढ्यो नेप्से

काठमाडाैं, ३० साउन । मंगलबार सामान्य अंकको करेक्सन भएकाे शेयर बजारमा ३४ अंकले उकालाे लागेकाे छ ।

गत साताको मंगलबार उच्च अंक घटेपछि निरन्तर चार कारोबार दिन उच्च अंकले बढेको नेप्से मंगलबार सामान्य अंक घटेर आज फेरी नेप्सेले बढ्ने क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ३४.२९ अंक बढेर २९५७.७५ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २१ अर्ब ५१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको २ लाख ४४ हजार पटकको कारोबारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको ५ करोड १२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। सो उपसमूहका १५ वटै कम्पनीहरुको शेयरमूल्य यस दिन बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन ११ उपसमूहको परिसूचक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इंग्वा हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *