शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडाैं, ११ भदाै । शेयर बजारमा उच्च अंकले घटेको छ । मंगलबार नेप्से उच्च अंकले घट्दा नेप्से २७८२ अंकमा कायम भएको छ ।

यस दिन नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ। बजारले २८०० को सपोर्टलाई पनि तोडेर तल झरेको छ।

सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ। मंगलबार कारोबार रकम १८ अर्ब रुपैयाँमा नै सिमित भएको छ । यस दिन ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर १८ अर्ब ६४ लाख ९५ हजार ३३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

मंगलबार कारोबारमा आएकामध्ये १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने होटल उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ। मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लगानी उपसमूहको सूचक ४ प्रतिशत भन्दा धेरैले घटेको छ।

घटेको बजारमा पनि तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

यता नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रिडी हाइड्रोपावरको ८.५८ प्रतिशत र नेश्नल हाइड्रोपावरको ७.६७ प्रतिशतले घटेको छ।