शेयर बजारकाे कारोबार रकममा गिरावट, झिनो अंकले बढ्याे नेप्से
काठमाडाैं, १२ भदाै । शेयर बजारमा नेप्से झिनो अंकले बढेकाे छ भने काराेबार रकममा उच्च गिरावट भएकाे छ ।
अघिल्ला दुई कारोबार दिन उच्च अंक घटेर बन्द भएको नेप्से, बुधबार झिनो अंक बढेर बन्द भएको हाे ।
यस दिन नेप्से परिसूचक ३.८० अंक बढेर २७८६.४० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६८ अंक र फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको १ लाख ६८ हजार १७५ पटकको कारोबारमा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त र माइ खोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ । कारोबारमा आएको कणाली डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.८८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन चन्दागिरी हिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको साढे ४१ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरन्सको ३८ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ।