यस वर्षकाे दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

काठमाडौं, १८ भदाै । यस वर्षकाे दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने भएकाे छ । राष्ट्र बैंकले यस पटकको दशैंमा पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जनाएकाे हाे ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर उक्त योजना कार्यान्वयन हुन सकेको थिएन ।

उहाँका अनुसार, ‘ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएकाेले दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेकाे हाे ।

दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *