शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडाैं, १९ भदाै । शेयर बजारमा नेप्से उच्च अंकले घटेको छ । बुधबार कारोबार खुलेदेखि नै बिक्री चाप देखिएको बजारमा अन्तिममा ३ प्रतिशतभन्दा धेरैले घटेको हाे ।
यस दिन नेप्से सूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा झरेको छ । यस दिन कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री भएको छ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ भने होटल उपसमूहको सूचक पनि ४ प्रतिशतले घटेको छ। माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा कम १ प्रतिशतले मात्र घटेको छ।
यस दिन ५ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर बढेको छ। यस दिन एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने इष्टन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।
यता गुडविल फाइनान्सको शेयरमूल्य ८.७३ प्रतिशतले घटेको छ भने हिमालयन पावर पाटनरको ७.६३ प्रतिशत र सुपर माइ हाइड्रोपावरको ७.४८ प्रतिशतले घटेका छ।
बुधबार नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख शेयर कारोबार भएको छ।