सुनको मूल्यले बनायाे फेरी नयाँ रेकर्ड, कतिमा भयाे काराेबार?

काठमाडौं, २८ भदौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको हाे ।

बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।