ध्वजासहितको य:सिं ठड्याएपछि सुरु भयाे इन्द्रजात्रा अर्थात येँया पुन्हि
काठमाडौँ, ३० भदौ । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरूभएकाे छ ।
आज भाद्र शुक्ल द्वादशी वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवा: समुदायमा येँया पुन्हि पनि भनिन्छ ।
हनुमानढोका अगाडि इन्द्रध्वजासहितको य:सिं ठड्याएपछि इन्द्रजात्रा सुरूभएकाे मानिन्छ । इन्द्रजात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चना गरी आठ दिनसम्म मनाइन्छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा रहिआएकाे छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।