बालेनका परिचालितहरु बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

काठमाडौं, १ असोज । काठमाडाैंकाे बसन्तपुरमा भइरहेकाे इन्द्रजात्रामा मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको हाे ।

स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई बसन्तपुर दरबार अगाडिबाट हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ।

त्यहाँ विवाद हुन लागेपछि उनीहरूलाई जनसेवातिर लगिएको हो। बालेन सिटी लेखिएको कुरामा स्थानीयसँग विवाद भएपछि उनीहरूलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताउनुभयाे ।

इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुनुहुने कार्यक्रम छ। जात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *