खोला किनाराका २० मिटर मापदण्डको विरोधमा स्थानीय घरधनी जुर्मुराए

काठमाडौं, ३ असाेज । काठमाडाैं उपत्यकाका खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका स्थानीय जनताहरूले विरोध प्रदर्शन गरेका छन् ।

संविधान दिवसकाे दिन प्रभावित क्षेत्रका स्थानीय जनताहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रभावित क्षेत्रका स्थानीयहरूले ‘गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘गैर न्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘आदिवासीको अधिकार सुरक्षित गर’, ‘खोलानदीको मापदण्ड खारेज गर’ लेखिएको प्लेकार्ड बोके र प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका स्थानीयहरूले न्यायलयले न्याय नदिएसम्म आन्दाेलन र प्रदर्शन जारी राख्ने जनाएकाे छ ।

सर्वोच्च अदालतकाे संयुक्त इजलासबाट २०८० पुसमा भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तीन वटा तर्क अघि सारेर सरकारले पुनरावलोकनको निवेदन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *