सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भयाे काराेवार?
काठमाडौँ, ८ असोज । सुनको मूल्यले आज फेरी नयाँ कीर्तिमान कायम गरेको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको हाे ।
सोमबार प्रतितोला रु एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५९ हजार सात सय निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । यस्तै, चाँदीको मूल्य आज तोलामा पाँच रूपैयाँले घटेको छ ।