उच्च अंकको वृद्धिपछि फेरी घट्यो नेप्से

काठमाडाैं, १६ असाेज । नेप्से परिसूचक पुन: घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब ११५ अंक बढेर बन्द भएको नेप्से, यस दिन पुन: घटेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक २६.०७ अंक घटेर २५९७.४९ विन्दुमा पुगेकाे छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ८३ हजार ८१ पटकको कारोबारमा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८० रुपैयाँ ३० पैसा बढेर ८८३ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। यस दिन विन नेपाल लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.७५ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *