सिन्धुपाल्चोक एमाले नेताहरूद्वारा बाढीपहिरोले क्षतिग्रस्त स्थानकाे अवलोकन

काठमाडौं, २० असाेज । वाग्मती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सरेश नेपालले बाढीपहिरो क्षतिग्रस्थ स्थानको अवलोकन गरेका छन् ।
गत असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा ठूलो धनजनको क्षती भएको थियो । नेपाल चीन व्यापारको लाइफ लाइनको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गतका ३ वटा मोटरेबल पुल समेत बाढीले बगाएको थियो ।
अवरुद्ध अरनिको राजमार्ग तत्काल अस्थायी रुपमा कसरी सञ्चालनमा ल्याउन सकिन्छ र पुर्णरुपमा क्षति भएको स्थानमा बेलिबृज बनाउनका लागि सडक डिभिजन कार्यलयका प्रविधिक टोलि र पुल महाशाखाका प्रविधिक टोलिसहित बाढी पहिरो प्रभावित क्षेत्र पुगेर अवलोकन गरेका हुन् ।
नेता नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर दुःख व्यक्त गर्दै निरीक्षण र अनुगमन पश्चात प्रभावित क्षेत्रको मर्मत सम्भार गरी सवारी आवगमन गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन् ।
लार्चामा तत्कालको लागि अस्थायी ड्रइभर्सन बनाउने निर्णय भए पनि अन्य दुई वटा पुल र ४ ठाउमा बाटो पुर्ण रुपामा क्षति भएको छ। टोलीमा एमाले केन्द्रीय सदस्य तथा पुर्व सांसद सुभाष कर्माचार्य जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ नेता डिवि लामा लगाएतका उपस्थित रहेका थिए।