मेलम्चीको पानी आजदेखि काठमाडौंबासीकाे घरघरमा
काठमाडाैं, २२ असाेज । मेलम्चीको पानी आजदेखि काठमाडौं पथान्तरण सुरूभएकाे छ ।
आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।
समितिका अनुसार काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको छ। आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ। याे अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो।
पछिल्लो बाढीले उपत्यकाको खानेपानी फर्पिङ लगायतका ठाउँबाट आपूर्ति हुने प्रणाली, भूमिगत स्रोतको प्रणाली बिगारेकाले बनाउन केही समय लाग्ने र त्यसपछि मात्रै आपूर्ति सहज हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।
मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सोमबार राति सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयाे ।
अध्यक्ष शेर्पाका अनुसार मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडकहरू कालोपत्रेका लागि विशेष प्राथमिकतामा राखि आगामी आर्थिक वर्षको संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ।