शिक्षामन्त्री विद्या भट्टराईद्वारा सिन्धुपाल्चोकस्थित मेलम्ची र हेलम्बुकाे बाढी प्रभावित शैक्षिक संस्थाको अनुगमन

मेलम्ची, २४ असाेज । शिक्षामन्त्री विद्या भट्टराईले सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा रहेको बाढी प्रभावित शैक्षिक संस्थाको स्थलगत अनुगमन गर्नुभएकाे छ ।

यसअघि २०७८ असार १ र त्यसपछि लगातार रुपमा आएको मेलम्ची बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ६ मा रहेको तेर्से मावि तालामाराङ , हेलम्बु गाउँपालिका वडा नम्बर ४ ग्याल्थुममा रहेको सरस्वती मावि त्यस्तै चिलाउनेघारीमा रहेको हेलम्बु सिकाइ केन्द्र र सोही ठाउँमा रहेको मेलम्ची भ्याली क्याम्पसको समेत अनुगमन गर्नुभएकाे हाे ।

बाढीपहिरोले पुर्‍याएको क्षति अनुगमन गर्दै मन्त्री भट्टराईले बाढी प्रभावित सबै शैक्षिक संस्थाको पुनर्निर्माण र संरक्षणको लागि आफूले नेपाल सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइ आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

अनुगमन तथा निरीक्षण टोलीमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई ,एमाले नेताहरू हस्त पण्डित ,बालकृष्ण देउजा, अशोक चौलागाईलगाएतकाे उपस्थित रहेको थियाे ।