सकारात्मक बन्दै शेयर बजार, ४६ अंकले बढ्याे नेप्से

काठमाडाैं, १३ कात्तिक । शेयर बजार सकारात्मक बन्दै गएकाे छ । मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा निर्जीवन जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.६० प्रतिशतले बढेको छ भने होटल उपसमूहको सूचक २.७७ प्रतिशतले बढेको छ।

यस दिन समृद्धि फाइनान्सका सबैभन्दा धेरै २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २१२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथली बुखरी हाइड्राेपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशत र समाज लघुवित्तको ९.१८ प्रतिशतले बढेको छ।

यस दिन सेन्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.५७ प्रतिशत र गुडविल फाइनान्सको १.२३ प्रतिशतले घटेको छ।