नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, ११ अर्ब ७२ करोडकाे काराेबार

काठमाडौँ, २ मङ्सिर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ ।

आइतबार नेप्से परिसूचक ४.९८ अंक बढेर २७५३.७६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार बराबरको कारोबार भएको छ ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको करिब ४२ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब साढे ३५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *