सुनको मूल्यमा एकैदिन प्रतितोला रु सत्र सयले बढ्यो
काठमाडौँ, ९ मङ्सिर । सुनको मूल्यमा एकैदिन प्रतितोला रु सत्र सयले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएर रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको थियाे ।
यस्तै, आजका लागि चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।