भन्सार दर घटेपछि तोलामै १५ हजार ९ सय सस्तियाे सुन

काठमाडौं, १० मङ्सिर । सरकारले सुनमा भन्सार दर घटाएपछि तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा काराेबार भएकाे सुन भन्सार दर घट्नासाथै सस्तिएकाे हाे ।

सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेकाे थियाे । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेकाे भन्सार दर २० पुर्‍याएको थियो ।

उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ ।