कारोबार रकमसहित बढ्यो नेप्से

काठमाडाैं, ११ मङ्सिर । नेप्से परिसूचक बढेर बन्द भएको छ अघिल्लो कारोबार दिन करिब १६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने करिब साढे ३३ अंक बढेर बन्द भएको हाे ।

यस दिन नेप्से परिसूचक ३३.४१ अंक बढेर २७१६.६६ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको हाे। अघिल्लो कारोबार दिन ६ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार ५७२ पटकको कारोबारमा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपयाँबराबरको १ करोड ४२ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ।