नेप्सेमा सामान्य गिरावट, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं, १६ मङ्सिर । आइतबार नेप्से घटेर बन्द भएको छ । आज नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा बन्द भएको हो ।
आज ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
पाँच कम्पनीको शेयर आज सकारात्मक सर्किटमा काराेबार भएकाे छ । जसमा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । अन्य दुई कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९१३ रुपैयाँमा झरेको छ ।
आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस बैंकको ३४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।