नेप्सेसंगै बढ्यो कारोबार
काठमाडाैं, १७ मङ्सिर । साेमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
यसदिन नेप्से परिसूचक १९.९७ अंक बढेर २७५८.०४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको १ लाख ३ हजार ४८१ पटकको कारोबार १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ४९ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको साढे २७ करोडभन्दा बढी शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्य