सुनको मूल्य बढ्यो, कति पुग्याे ताेलामा ?

काठमाडौँ, २४ मङ्सिर । सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको सुन साेमबार बढेर १ लाख ५० हजार १०० रुपैयाँमा काराेबार भएकाे हाे ।

आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।