रत्न-छत्र हिमालय फाउन्डेसनको सहकार्यमा पञ्चकन्या आधारभूत स्कुललाई शैक्षिक सामग्री

सिन्धुपाल्चाेक, १२ पुस । सिन्धुपाल्चोकस्थित रत्न-छत्र हिमालय फाउन्डेसनले विभिन्न संघ संस्थाकाे सहकार्यमा शैक्षिक सामग्री वितरण गरेकाे छ ।

सिन्धुपाल्चोककाे पाँचपोखरी गाउँपालिका लागर्चे ८ स्थित पञ्चकन्या आधारभूत विद्यालयलाई शैक्षिक सामग्री स्कुल व्याग, शैक्षिक सामग्री, पानी खाने बाेटल, टाेपीलगाएतका सामग्री वितरण गरेकाे हाे ।

लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप एफका पूर्व प्रेसिडेन्ट तथा रत्न-छत्र हिमालय फाउन्डेसनका अध्यक्ष राजेश हिमालयले लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप, लायन्स क्लब अफ काठमाडाैं दिवालय ड्रिस्टिक ३२५ एफकाे सहयाेगमा उक्त सामग्री वितरण गरिएकाे बताउनुभयाे ।

कार्यक्रममा पाँचपोखरी गाउँपालिका लागर्चे ८का वडा अध्यक्ष बिष्णुबहादुर खडका, लायन पण्डित लोक नाथ पौडेल, लायन बिकास श्रेष्ठ, लायन किरण भुजेल समाजसेवी रामकृष्ण भट्टराई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन थापा, प्रधानाध्यापक कविता कटुवाललगाएतकाे उपस्थिती रहेकाे थियाे ।