पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते
चितवन, १६ पुस । पूर्वी चितवनमा गैँडाकाे आक्रमणमा परी दुईजना घाइते भएका छन् ।
गैँडाकाे आक्रमणबाट खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।
घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।