पिंगलास्थानमा मृत भेटिएकी युवतीकाे हत्या आशंका

काठमाडौं, १८ पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीकाे हत्या भएकाे आशंका गरिएकाे छ ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट होटलमा मृत फेला परेकी युवतीकाे हत्या भएकाे आशंका गरिएकाे हाे ।

प्रहरीका अनुसार कागेश्वरी मनोहरा बस्ने २१ वर्षीय स्वस्तिका खड्काको शव फेला परेको हो ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा नयाँ वर्षको अघिल्लो दिन एक युवक र महिला सो होटलमा बस्न गएका थिए । भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएकाे अनुसन्धानबाट खुलेकाे छ ।

होटल सञ्चालकले युवक नफर्केपछि र हाेटलकाे ढाेका नखाेलिएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *