सुनको मूल्य घट्यो, कतिमा भयाे काराेबार ?
काठमाडौँ, २१ पुस । आज सुनको मूल्य घटेको छ ।
अन्तर्राष्ट्रिय बजार अनुसार सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।
शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।