नेप्से परिसूचक सात अङ्क घट्दा कारोबार रकम भने बढ्यो

काठमाडाैं, ३ माघ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सात अङ्कले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ७.३३ अंक घटेर २५८८.६२ विन्दुमा पुगेकाे छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९६ स्टकको ७० हजार ६३४ पटकको कारोबारमा ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको पोखरा फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *