चितवनमा चेकिङकाे समयमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बन

काठमाडाैं, ७ माघ । चितवनमा सवारी चेकिङकाे समयमा युवकलाई कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले सवारी चेकिङकाे समयमा युवकलाई कुटपिट गर्ने असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएकाे जनाएकाे छ ।

प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको हो ।

घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।