सुनको मूल्यमा वृद्धि, कतिमा भयाे काराेबार?

काठमाडौँ, २२ माघ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेकाे हाे ।

महासङ्घका अनुसार आज सुनकाे मूल्य बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।