राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोककाे एकैदिन छ वटा पालिकामा नयाँ नेतृत्व

सिन्धुपाल्चोक, २७ माघ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकको छ वटा पालिकामा शनिबार एकैदिन अधिवेशन सम्पन्न भएकाे छ ।

अधिवेशनबाट सिन्धुपाल्चोकको विभिन्न छ वटा पालिकामा संघले नयाँ नेतृत्व प्राप्त गरेको हाे ।संघले चौतारा साँगाचोकगढी नगरपालिकासहितका छ वटा पालिकामा अधिवेशन भएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकामा संघको दोस्रो अधिवेशनबाट राम तामाङको अध्यक्षतामा अनुप श्रेष्ठ उपाध्यक्ष, सुवास अर्याल सचिवसहितको १९ सदस्य निर्वाचित भएका छन् ।

युवा संघ हेलम्बुको दोस्रो अधिवेशनबाट रविन कक्षपतिको नेतृत्वमा २० सदस्य निर्वाचित भएका छन् । त्यस्तै बलेफी गाउँपालिकामा शनिबार समपन्न दोस्रो अधिवेशनले रमेश लामाको नेतृत्व पाएको छ । रामचन्द्र खड्का उपाध्यक्ष, नारायण श्रेष्ठ सचिव, श्रीजन कार्की र कुमार खत्री उपसचिव, सरोज तामाङ कोषाध्यक्ष सहित १६ सदस्य बलेफी युवा संघले पाएको छ ।

ईन्द्रावती गाउँपालिकाको युवा संघको नेतृत्वमा कपिलदेव लामा चयन भएका छन् । लामाकाे नेतृत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ । युवा संघ भोटेकोशीको तेस्रो अधिवेशनबाट नेतृत्वमा उर्केन लामा निर्वाचित भए भने उपाध्यक्षमा शोना शेर्पा, सचिवमा साङ्गे शेर्पा चयन भएका छन् ।

युवा संघ लिसंखुपाखरमा शनिबार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पध्न तामाङको नेतृत्वमा नया कमिटी चयन भएको छ । नेकपा एमाले संम्वद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालको सिन्धुपाल्चोका शनिबार एकैदिन छ वटा पालिकाको अधिवेशन सम्पन्न भएको, दुई पालिकामा यस अघि भैसकेको र चार वटा पालिकामा छिटै अधिवेशन सम्पन्न हुने युवा संघ सिन्धुपाल्चोकका प्रवक्ता अभिषेक पराजुलीले जानकारी दिनुभयो ।