गृहमन्त्री लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सिंहदरबारमा सुरु
काठमाडाैं, २८ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर देखिएको विवाद समाधानका लागि गृहमन्त्री रमेश लेखक र ‘नो केबलकार’ समूहबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार वार्ता सोमबार साँझ सवा ७ बजेदेखि गृह मन्त्रालयमा जारी छ।
वार्तामा गृहमन्त्री लेखकका साथै नेकपा एमालेका सचिव योगेश भट्टराई र गृह प्रवक्ता रामचन्द्र तिवारीको पनि उपस्थिति छ। आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा र रमेश राई लगायत करिब १० जना सहभागी छन्।